देश/प्रदेश

मोहना नदीमा अलपत्र परेका २५ जनाको उद्धार

By खबरहब

July 21, 2024

काठमाडौं– आइतबार बर्षासँगै मोहना नदीमा आएको बाढीमा फसेका २५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१४ का बासिन्दाहरू नदी पार गरी घाँस काट्न गएकोमा सो नदीमा एक्कासि पानीको बहाव बढेपछि अलपत्र परेका थिए ।

उनीहरू नदीपारि अलपत्र परेको भन्ने जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट फुलबारीबाट खटिएको सुरक्षा फौजले रबर बोटको प्रयोग गरी सकुशल उद्धार गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए ।