अन्तर्राष्ट्रिय

विश्वका ठूला पाँचमध्ये दुई कोइला खानी भारतमा

By खबरहब

July 21, 2024

काठमाडौं – विश्वका ठूला पाँचमध्ये दुई वटा कोइला खानी भारतमा रहेको पाइएको छ । वर्ल्ड एट्लसको तथ्यांकअनुसार छत्तिसगढ राज्यमा रहेको गेभ्रा कोइला खानी संसारको दोस्रो ठूलो हो ।

त्यसैगरी सोही राज्यमा रहेको कुश्मुण्डा कोइला खानी भने संसारकै चौथो ठूलो रहेको जनाइएको छ ।यी कोइला खानीले वार्षिक १० करोड टन कोइला उत्पादन गर्दै आएका छन् ।

यो परिमाण भारतमा उत्पादन हुने कुल कोइलाको १० प्रतिशत रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

एएनआईका अनुसार आर्थिक वर्ष २०२२–२३ मा भारतमा ८९३.१९ मेट्रिक टन कोइला उत्पादन भएको थियो । सन् २०२३–२४ मा भने कुल एक हजार मेट्रिक टन कोइला उत्पादन हुने अपेक्षा गरिएको छ ।