अन्तर्राष्ट्रिय

एक्समा सबैभन्दा बढी फलोअर्स हुने राजनीतिज्ञ बने मोदी

By खबरहब

July 21, 2024

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सामाजिक सञ्जाल एक्समा सबैभन्दा बढी फलोअर्स हुने राजनीतिज्ञ बनेका छन् । मोदीले एक्समा १० करोड फलोअर्स कटाएका छन् ।

मोदीले यो सफलता पाउँदा आफूलाई खुसी लागेको र आगामी समयमा पनि यस्तै आकर्षण रहोस् भनि कामना गरेका छन् । उनले लेखेका छन्, ‘एक्समा १०० मिलियन । यो जीवन्त माध्यममा रहन पाउँदा र छलफल, बहस, अन्तर्दृष्टि, जनताको आशीर्वाद, रचनात्मक आलोचना, लगायतका कुराहरू गर्न पाउँदा खुसी लागेको छ ।’

यस्तै मोदीलाई एक्सका मालिक एलन मस्कले बधाई दिएका छन् । मोदीको एक्स ह्यान्डललाई मेन्सन गर्दै मस्कले लेखेका छन्, ‘विश्वमा धेरै फलो गरिएको राजनीतिज्ञ बनेकोमा बधाई छ ।’

मोदीले एक्समार्फत आफ्नो आधिकारीक धारणा र बिचारहरु सार्वजनिक गर्दै आइरहेका छन् ।