अब पनि राजनीतिक नेतृत्वले आन्दोलनका कुरा गर्दा आम नागरिकले विश्वास गर्ने आधार छैन। सार्वजनिक खपतका लागि र पार्टीको नेतृत्वमा सधै टिकीरहन, सडक आन्दोलन कार्यकर्तालाई अलमल्याउनु अब आत्मातुष्टी मात्रै हुनेछ। यो लोकतन्त्र हो, समय अनुसार संविधान संशोधन हुन्छ। संविधान छुनै नहुने एकतन्त्रमा मात्रै हो। संविधान संशोधन गरेर बहुदलीय व्यवस्था हटाएर दुई दलले मात्र देश चलाउने होइन। यस्ता भ्रम माओवादीको राजनीति केही दिन टिक्न सक्ला तर त्यो दीर्घकालीन हुन सक्दैन।
राजनीतिक दल र बुढा नेताका लागि सत्ता औषधी हो। नियमित सेवन गरिरहेको सत्ताको औषधी रोकियो भने असामान्य गतिविधि देखिन थाल्छन्। कहिले भारी विश्वासको मत कहिले त्यसकै नाममा सत्ता छोड्नुपर्ने बाध्यतामा पूर्व प्रधानमन्त्री एवम् विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ परे। यसका पछाडि प्रचण्डले सत्तामा बसेर जनतालाई केही दिन नसकेको भन्दै आत्मालोचना गर्नुपर्ने हो। तर उल्टै ओक्रोश व्यक्त गरिरहेका छन्। त्यो गलत अभ्यास हो।
पछिल्लो तीन दशकमा उनले जनताका लागि विकास र समृद्धि भन्दा समाजमा विद्रोह, धार्मिक अविश्वास, संकारमाथि प्रहार, अराजकता र धम्की नै बढी दिए। उनको सरकारले अपराधिलाई सजाय दिनुभन्दा काखी च्यापेका दृश्य देखिए। संसदका ठुला दलले सधैभर त्यो दृश्य हेरेर बस्न सकेनन्। त्यसको परिणाम प्रचण्ड सत्ताच्यूत भए। ठगीका आरोपीलाई काखी च्यापेर अनुसन्धान प्रभावित पर्नु कसरी सरकारको काम बन्न सक्छ ?
प्रचण्डका कुलगुरु माओ वा मार्क्सका सिद्दान्त भनेकै आर्थिक नीति थिए।भूमिगत हुँदा वा सत्तामा प्रचण्डसँग देशको आर्थिक अवस्था बदल्ने उन्नत योजना देखिएन। उनी केही व्यक्ति र गुटको निगरानी र चाकडीमै रमाए।
शासन बदल्नु भनेको जनताको आर्थिक अवस्था, देशको उन्नयन नै हो। प्रचण्डका कुलगुरु माओ वा मार्क्सका सिद्दान्त भनेकै आर्थिक नीति थिए।भूमिगत हुँदा वा सत्तामा प्रचण्डसँग देशको आर्थिक अवस्था बदल्ने उन्नत योजना देखिएन। उनी केही व्यक्ति र गुटको निगरानी र चाकडीमै रमाए।
विपक्षी नेता प्रचण्डको अहिलेको जस्तै स्वभाव र व्यवहार संसारका धेरै नेता र सत्ताधारीहरूले देखाएका छन्। इतिहासमा रोबर्ट मुगाबे, सद्दाम हुसैन, मुअम्मर गद्दाफी जस्ता नेतामा यो प्रवृत्ति देख्न सकिन्छ। यस प्रकारको व्यवहारले समाजमा नकारात्मक प्रभाव पार्नसक्छ। यस्ता नेताले समाजमा अराजकता र विभाजन उत्पन्न गर्नसक्छन्।
यो अवस्थालाई कतिपयले मानसिक विकारको रूपमा पनि हेर्छन्। तर तथ्यमा आधारित विश्लेषण गर्दा यो विषय चर्चा योग्य नहुन सक्छ। व्यक्ति आफ्नो शक्तिको मोहमा फसेको हुन्छ। सत्ता छोड्नुपर्दा उनीहरुले आक्रोश व्यक्त गर्छन्। त्यसलाई नै मानसिक विकारको रुपमा व्याख्या गर्नु गलत हुन्छ। तर प्रचण्डमा सत्ता छोडेपछि देखिएको विचलनलाई सामान्य ढंगले मात्र व्याख्या गरेर पुग्दैन।
मानसिकता र विकारबिचको विभाजन कहिलेकाहीँ अस्पष्ट हुनसक्छ र यसलाई बुझ्नका लागि गहिरो मानसिक स्वास्थ्य विश्लेषण आवश्यक हुनसक्छ।
हावर्ड मेडिकल स्कुलको मेडिकल जर्नलमा विकारयुक्त सामाजिक चिन्ताको चुनौतीपूर्ण अवस्था, उपचार र व्यवस्थापनका सुझाव संग्रहित छन्। सामाजिक चिन्ता विकार जसलाई सामाजिक फोबिया पनि भनिन्छ। एक सामान्य मानसिक स्वास्थ्य विकार हो। जसले अमेरिकामा हरेक वर्ष करिब सात प्रतिशत वयस्कलाई प्रभावित गर्छ। यसलाई सामाजिक परिस्थितिमा अत्यधिक डरको रूपमा चिनिन्छ। हाम्रा नेतामा पनि सत्तापक्षमा हुँदा ढुक्क हुने र प्रतिपक्षमा पुगेपछि डर र त्रास बढ्ने खालको मानसिक विकार देखिन्छ।
हाम्रा नेतामा पनि सत्तापक्षमा हुँदा ढुक्क हुने र प्रतिपक्षमा पुगेपछि डर र त्रास बढ्ने खालको मानसिक विकार देखिन्छ।
प्रचण्ड जस्ता नेताले बोल्नु अगाडि ३० वर्षा अघिको सामाजिक संरचना, व्यवस्था र चेतना अहिले छैन भन्ने कुरा बुझ्नुपर्छ। हिजो जस्तो अब प्रचण्ड नाममा कसैले आन्दोलन गर्दैन।
यत्तिबेला विपक्षी दलको नेताको नाताले प्रचण्डले सरकारको कामको आधारमा विरोध गर्नु धर्म र कर्तव्य नै हो। त्यसकै लगि राज्यले उनलाई विपक्षी दलको रुपमा सेवा र सुविधा उपलब्ध गराएको छ।
यतिबेला प्रचण्डमा काँग्रेस र एमाले मिलेर दुई तिहाइको सरकार बनेको छटपटी छ। माओवादीको जादू नम्बर लामो समय नटिकेपछि प्रचण्डका अभिव्यक्ति फेरिएका छन्। पार्टीभित्र उपमहासचिव जनार्दन शर्माले वैचारिक आक्रमण सुरु गरेपछि प्रचण्ड अझ अतालिएको अवस्था देखिन्छ। त्यसपछि उनको बोलीको टुंगो छैन। कहिले सडक आन्दोलन भन्छन् त कहिले विद्रोहकै कुरा गर्छन्। यसले प्रचण्डमा वैचारिक विचलन आएको देखाउँछ।
माओवादीको समाजवादी क्रान्ति समाजवादी क्रान्तिले सम्पत्ति, उद्योग, उत्पादनका साधन निजी स्वामित्वबाट सामूहिक स्वामित्वमा ल्याउछ। जसले गर्दा समाजको हरेक सदस्यलाई समान अवसर र अधिकार प्राप्त हुन्छ। समाजवादी क्रान्तिको उद्देश्य राजनीतिक, आर्थिक र सामाजिक व्यवस्थामा आमूल परिवर्तन ल्याउनु हो। जसले सबै मानिसलाई समानताको आधारमा जीवनयापन गर्न सक्षम बनाउँछ। तर प्रचण्ड आफ्नो परिवारबाट बाहिर निस्कन सकेका छैनन्।
माओवादी कार्यकर्तासँगै युद्धको मारमा परेका सर्वसाधारण पनि गोलीको छर्रा शरीरमा बोकेर अहिलेसम्म हिँड्न बाध्य छन्। विकास र समृद्धिका लागि नागरिकले गरेको योगदानलाई कहिल्यै नेताले बिर्सनु हुँदैन। तर त्यो कुरा प्रचण्डले बिर्सिएका छन्। त्यसकै परिणाम २०६४ मा सबैभन्दा ठुलो दल बनेको माओवादी अहिले ३० सिटमा झरेको छ।
नेपालमा बुढा नेताले नेतृत्व हस्तान्तरण गर्नुपर्ने, युवाले देशको नेतृत्व गर्नुपर्ने आवाज पहिलादेखि नै उठेको हो। तर अहिलेसम्म पनि ७०-७५ ले नै देशको नेतृत्व गरिराखेका छन्।
नेपालमा बुढा नेताले नेतृत्व हस्तान्तरण गर्नुपर्ने, युवाले देशको नेतृत्व गर्नुपर्ने आवाज पहिलादेखि नै उठेको हो। तर अहिलेसम्म पनि ७०-७५ ले नै देशको नेतृत्व गरिराखेका छन्। एकजना चाइनिज–अमेरिकन ईकोनमिस्ट डा. नान्सी चियानले प्रोजेक्ट सिण्डिकेटमा ‘अमेरिकालाई राजनीतिक उमेर सीमाको आवश्यकता’ शीर्षकमा लेख लेखेकी छिन्। त्यहाँ उनले सैन्य अधिकारीको अवकास र जो बाइडेनले राष्ट्रपति चुनावको दौड छोडेको विषयलाई व्याख्या गरेकी छन्।
उनी लेख्छिन्, ‘२०२४ को अमेरिकी राष्ट्रपतीय दौडबाट जो बाइडेनको बहिर्गमन, यो वर्षको सबैभन्दा ठूलो घटनाहरू मध्ये एक हो।जुन महिनाको बहस प्रदर्शनका लागि आलोचित र बुढ्यौलीका स्पष्ट संकेत देखाउँदै, ८१ वर्षीय राष्ट्रपति बाइडेनले अन्ततः सर्वेक्षणमा देखिएको कुरालाई स्वीकार गरे। राष्ट्रपति उम्मेदवारको जिम्मेवारी ५९ वर्षीया उपराष्ट्रपति कमला ह्यारिसलाई सुम्पिए। यसले ७८ वर्षीय रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प, जो पहिले थोरै कान्छो उम्मेदवार थिए,अब धेरै वृद्ध उम्मेदवार बनेका छन्।’ डा. नान्सिले उठाएको लेखको बहस र बहिर्गमनको नीति नेपाली नेताले लिन जरुरी देखिन्छ।
देशले पञ्चवर्षीय योजना देख्दै आयो। अब विकास देखिने दशक घोषणा गरेर ‘नेपाल निर्माण दशक’ मनाउनुपर्छ। यसले मात्र देश बलियो बन्छ ।
अहिले देशलाई आर्थिक र नीतिगत रुपमा बलियो बनाउने नेता चाहिएको छ। राजा महेन्द्रले आठ वर्षे शासनकालमा नेपालको हालको अवस्थाको विकासको जग बसालेका थिए। तर २०४६ पछिका सबै परिवर्तनले देशमा संकट गहिराएका छन्। अधिकार प्राप्ती मात्रैमा देश अल्झिन सक्दैन।देश गतिशील हुनुपर्छ। जरुरत परे संविधानका धारा, उप-धारा बदलिनु पर्दछ। कसैको आन्दोलनको धम्कीले त्यो कुरा रोकिन सक्दैन। यो समय अनुकुल चल्ने प्रकृया हो। अहिले १५ वर्षका जोड–घटाउपछि देशले दुई तिहाइको बलियो सरकार पाएको छ।यो सरकारलाई असफल हुने छुट छैन। यसको सफलतासँग संघीय लोकतान्त्रिक गणतन्त्रको आयु जोडिएको छ।
देशले पञ्चवर्षीय योजना देख्दै आयो। अब विकास देखिने दशक घोषणा गरेर ‘नेपाल निर्माण दशक’ मनाउनुपर्छ, देश बलियो बनाउनु पर्दछ।