फाइल फोटो

समाचार

पोखराबाट काठमाडौं उडेको बुद्धको जहाज भैरहवा पुग्यो

By खबरहब

August 21, 2024

काठमाडौं- पोखरा विमानस्थलबाट बुधबार बिहान काठमाडौंका लागि उडेको बुद्ध एयरको एउटा जहाज डाइभर्ट भएर भैरहवा पुगेको छ ।

काठमाडौंस्थित त्रिभुवन विमानस्थलको मौसम खराबीका कारण करिब २० मिनेर आकाशमा घुमेर यो जहाज भैरहवास्थित गौतमबुद्ध विमानस्थल अवतरण भएको हो ।

पोखरा विमानस्थलकी सूचना अधिकारी जसोदा रेग्मीले भिजिविलिटी कम हुँदा सुरक्षामा ख्याल गर्दै जहाजलाई भैरहवा डाइभर्ट गर्नुपर्ने अवस्था आएको बताइन् ।

उनका अनुसार भिजिबिलिटी कम भएकाले पोखरा विमानस्थल पनि अहिले बन्द गरिएको छ । पछिल्लो समय भएका दुई ठूला दुर्घटनापछि हवाई सुरक्षा सतर्कता बढाइएको छ ।