तस्बिर : गेटी इमेज

अन्तर्राष्ट्रिय

ह्यारिसलाई राष्ट्रपति स्वीकार्न अमेरिका तयार भइसक्यो : बाराक ओबामा

By खबरहब

August 21, 2024

सिकागो– अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले राष्ट्रपति पदका लागि डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई राष्ट्रपतिको रुपमा स्वीकार्न संयुक्त राज्य अमेरिका तयार रहेको बताएका छन् । 

पूर्वराष्ट्रपति ओबामाले अमेरिकाको सिकागोमा आयोजित डेमोक्रेटिक पार्टीको महाधिवेशनलाई मंगलबार सम्बोधन गदै उपराष्ट्रपति ह्यारिसले अमेरिकी नागरिकको हितका लागि लड्न तयार रहेको र यसका लागि उनीप्रति आफ्नो पूर्ण समर्थन र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे। 

उनले अगाडि बताए, ‘कमला ह्यारिस यस पदका लागि तयार हुनुहुन्छ । उहाँ आवाजविहीनहरूको आवाज बनेर जीवन बिताउनुभएको व्यक्तित्व हो ।’ 

‘उहाँ सबै अवस्थामा अमेरिकीहरूको कुरा सुन्न र उनीहरूको लागि काम गर्न तयार हुनुहुन्छ,’ ओबामाले ह्यारिसलाई संकेत गर्दै भने ।  

पूर्वराष्ट्रपति ओबामाले ह्यारिसको उम्मेदवारीको समर्थन गर्दै भने, ‘उहाँ (ह्यारिस) राष्ट्रपति पदका लागि योग्य व्यक्ति हो र यसको मूल्यांकन गरेर डेमोक्र्याटिक पार्टी र यसका नेता तथा कार्यकर्ताले अभियानका लागि साथ दिएका हुन् । 

उनकी पत्नी मिशेल ओबामाले राष्ट्रपतिका रूपमा ह्यारिसको विजयले सन् २००८ मा बाराक ओबामा राष्ट्रपति हुँदाको हर्सोल्लासको माहोल दोहोरिने विश्वास व्यक्त गरिन् ।