स्टोरी

राजधानी छिर्ने मुख्य नाकाको मुखैमा पहिरो (तस्बिरहरू)

By खबरहब

August 21, 2024

काठमाडौं- काठमाडौंको मुख्य नाका नागढुंगानजिकै पहिरो झरेपछि राजमार्ग पूरै अवरुद्ध भएको छ ।

बुधबार बिहान १० बजेदेखि ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्गमा यातायात आवगमन पूरै बन्द भएको हो ।

महानगरीय प्रहरी बृत्त नागढुंगाका प्रहरी निरीक्षक हेम थपलियाका अनुसार सडकमाथिबाट ढुंगा खस्ने क्रम रोकिएको छैन । ढुंगा खसिरहेकोले काठमाडौं-नागढुंगा सडक दुईतर्फी बन्द गरिएको उनले जानकारी दिए ।

पहिरो पन्छाउन दुवैतर्फबाट डोजर तयार गरिए पनि पहिरो निरन्तर झरिरहेकाले सडक खुलाउन सकिएको छैन। ‘ढुंगा खस्ने क्रम रोकिएपछि मात्रै पहिरो पन्छाउने काम शुरू हुनेछ’, थपलियाले भने ।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी