अन्तर्राष्ट्रिय

भारतले अगस्ट २३ मा राष्ट्रिय अन्तरिक्ष दिवस मनाउने

By खबरहब

August 21, 2024

काठमाडौँ– भारतले अगस्ट २३ का दिन राष्ट्रिय अन्तरिक्ष दिवस मनाउने भएको छ । भारत सरकारले विज्ञप्ति जारी गर्दै अगस्ट २३ मा राष्ट्रिय अन्तरिक्ष दिवस मनाउने घोषणा गरेको हो ।

सन् २०२३ को अगस्ट २३ का दिन भारतको चन्द्र अभियान चन्द्रयान ३ ले सफल अवतरण गरेको अवसरमा यसै वर्षदेखि राष्ट्रिय अन्तरिक्ष दिवस मनाउन लागेको हो ।

दैनिक जीवनमा अन्तरिक्षमा आधारित प्रविधिको प्रयोग वृद्धि गर्नका लागि अन्तरिक्ष दिवसका अवसरमा विभिन्न प्रदर्शनी तथा सम्मेलनको आयोजना गरिने कार्यक्रम छ ।

त्यसबाहेक अन्तरिक्षसम्बन्धी विज्ञान तथा प्रविधिको क्षेत्रमा नयाँ पुस्तालाई आकर्षित र्ग समेत यो दिवसले मद्दत गर्ने अपेक्षा गरिएको छ ।