अन्तर्राष्ट्रिय

रूसको कुर्स्क क्षेत्रमा स्थानीय तहको निर्वाचन स्थगित

By खबरहब

August 21, 2024

मस्को– रूसले युक्रेनी सेनाले दुई साताअघि आक्रमण सुरु गरेको कुर्स्क क्षेत्रका सात वटा नगरपालिकाको निर्वाचन स्थगित गर्ने घोषणा गरेको छ । रूसी निर्वाचन आयोगले बुधबार टेलिग्राममार्फत मतदान स्थगित गरिएको जानकारी गराएको छ । 

निर्वाचन आयोगले ‘मतदाताको सुरक्षाको पूर्ण प्रत्याभूति’ भएपछि त्यहाँ मतदान हुने बताएको छ तर अर्को हप्तादेखि सुरु हुने क्षेत्रीय गभर्नरको निर्वाचन बाँकी क्षेत्रमा योजनाअनुसार नै हुने जनाएको छ ।

पछिल्लो दुई हप्तामा युक्रेनले रूसको कुर्स्क क्षेत्रमा आफ्नो रुसविरुद्धको प्रत्याक्रमणलाई सुसङ्गठित गर्दै सहयोगी मुलुकबाट प्राप्त हतियारको बलमा आक्रमण सुरू गरेको छ । 

रूसले कुर्स्क क्षेत्रमा आक्रमणबाट नागरिकहरूको क्षति नहोस् भनी आफ्ना नागरिकलाई सुरक्षित स्थलमा सारिसकेको जनाएको छ ।