फाइल फोटो

प्रहरी

अछाममा जुवातास खेलिरहेका आठ जना पक्राउ

By खबरहब

August 21, 2024

अछाम – प्रहरीले अछामको कमलबजारबाट जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ ।

कमलबजार नगरपालिका–२ बस्ने दुर्गा रावतको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले मंगलबार राति उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–४ बस्ने ३५ वर्षीय पदम थापा, ३७ वर्षीय खडक बिष्ट, ४५ वर्षीय मन बहादुर चलाउने, ४३ वर्षीय नरेन्द्र ढकाल रहेका छन् ।

त्यस्तै तुर्माखाँद गाउँपालिकाका २६ वर्षीय प्रेम नेपाली, ३० वर्षीय बिमल विक, पञ्चदेवल बिनायक नगरपालिकाका २४ वर्षीय जगत बहादुर शाही र बाजुरा बुढिगंगा नगरपालिका–६ का ४६ वर्षीय शेर बहादुर विक रहेका छन् ।

इलाका प्रहरी कार्यालय कमलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार ९ सय ७५ रूपैयाँ, मोबाइल ९ थान र २ बुकतास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।