ताइवान प्रवेश गर्न खोज्ने चिनियाँ पूर्वसैनिक अधिकारी पक्राउ

By खबरहब

August 21, 2024

काठमाडौं – अवैध रुपमा प्रवेश गर्न खोजेको आरोपमा ताइवानमा एक जना चिनियाँ पूर्व सैन्य अधिकारी पक्राउ परेका छन् । डुङ्गा चढेर अवैध रुपमा ताइवान प्रवेश गर्न खोजेको आरोपमा चिनियाँ नौसेनाका पूर्वक्याप्टेनलाई पक्राउ गरिएको हो ।

यद्यपि राष्ट्रिय सुरक्षा वा सैन्य मामिलासँग भने यो घटना सम्बन्धित नरहेको ताइवानले स्पष्ट पारेको छ । रुवान थर भएका उनलाई ताइवानको राजधानी ताइपेई नजिकै बग्ने ताम्सुई नदीबाट पक्राउ गरिएको हो ।

ह स्ट्याण्डर्ड हङकङका अनुसार उनी चीनबाट भागेर ताइवान पुगेको विश्वास गरिएको छ । पछिल्ला केही महिनामा चीनबाट ताइवान पुग्ने भगौडाको सङ्ख्या बढ्दै गएको बताइन्छ ।

चीन र ताइवानबीच तनाव बढ्दै गइरहेका बेला चिनियाँ पूर्वसैनिक अधिकारी ताइवान पुगेका हुन् । चीनले ताइवानलाई आफ्नै मुलुकको एक हिस्सा मान्दै आएको छ भने कुनै पनि बेला बल प्रयोग गरी चीनमा गभ्ने चेतावनी दिँदै आएको छ ।