क्रिकेट

अमेरिकाविरुद्ध आशिफ शेखले बनाए अर्धशतक

By खबरहब

October 21, 2024

काठमाडौं – टी–२० आई सिरिज अन्तर्गतको अन्तिम खेलमा नेपालका ओपनर आशिफ शेखले अमेरिकाविरुद्ध अर्धशतक बनाएका छन् । ३९ बलको सामना गरेका उनले ५ चौका र दुई छक्काको मद्दतमा ५० रन बनाएका हुन्।

टस जितेर सुरुमा ब्याटिङ गरेको अमेरिकाले दिएको १५७ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालका लागि शेखले अर्धशतक बनाएका हुन् ।

५ विकेट गुमाएर नेपालविरुद्ध अमेरिकाले १५६ रन बनाएको थियो । पहिलो खेल १७ रनले विजयी भएको नेपालले दोस्रो खेलमा सुपर ओभरमा जित हात पारेको थियो । तेस्रो खेल जित्दै नेपाल सिरिज क्लिन स्वीप गर्ने लक्ष्यका साथ मैदानमा छ ।