आर्थिक

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको वृद्धि

By खबरहब

October 21, 2024

काठमाडौं– प्रि ओपन सेसनमा सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । सेसन अवधिमा ०.७९ अंकले बढेर नेप्से २६९८.७० को विन्दुमा पुग्यो ।

उक्त अवधिमा २२ लाख ५० हजार ४४८ रुपैयाँ बराबरको ४ हजार ८७७ कित्ता शेयर किनबेच भएको छ ।

जसमा १६ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १६ कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै चारवटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

सेसनभर ३६ वटा कम्पनीको शेयर ७३ पटक किनबेच भयो ।