आर्थिक

सुनको मूल्यमा नयाँ कीर्तिमान, कतिमा भइरहेको छ कारोबार ?

By खबरहब

October 21, 2024

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान बन्ने क्रम जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर २ हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।