समाचार

‘राष्ट्रले खेलाडीको हौसला बढाउन आवश्यक’ 

By खबरहब

October 21, 2024

काठमाडौं– नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले राष्ट्रले खेलाडीहरूको हौसला बढाउन आवश्यक रहेको बताएका छन् ।

अमेरिकाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनल खेल नेपालले जितेपछि अध्यक्ष गुरुङले खेलाडीहरूलाई बधाई दिँदै राज्यले खेलाडीको हौसला बढाउन जोड दिनुपर्ने बताए ।

उनले सामाजिक सञ्जालबाटै खेलाडीहरूलाई हौसला बढाउन सके यस्ता धेरै उपाधिहरू राष्ट्रले जित्दै जाने कुरा बताए ।

उनले खेलाडी, व्यवस्थापक, टिम कोचलगायतका प्राविधिक टिमलाई समेत बधाई दिएका छन् ।