समाचार

कृषि मन्त्रालयको सय दिने कार्यप्रगति सार्वजनिक 

By खबरहब

October 21, 2024

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनमा लक्ष्य अनुसार काम भएको बताएका छन् । 

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले मन्त्रालयको आन्तरिक व्यवस्थापनका साथै दुग्ध तथा उखु किसानहरूले पाउनु पर्ने रकमको उपलब्ध गराउने सहितका काम गरेको बताएका हुन् । 

नीतिगत सुधारका केही कामहरू पनि थालनी गरेका बताउँदै मन्त्री अधिकारीले भने,‘ आगामी दिनमा साङ्गठनिक र नीतिगत सुधारमै ध्यान केन्द्रित गरिनेछ।’

कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि, किसानलाई सहज मल, बीउ र बजारको उपलब्धता, कृषि पेसामा युवालाई आकर्षण गराउँदै आधुनिक कृषि प्रणालीका लागि लगानी अभिवृद्धिका लागि काम गरिने प्रतिबद्धता जनाउँदै मन्त्री अधिकारीले सय दिनमा ४४ बुँदे प्रगति विवरण सार्वजनिक गरेका छन् ।