अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदी फेरि रुस जाँदै 

By खबरहब

October 21, 2024

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार फेरि रुस जाने भएका छन् । दोस्रोपल्ट प्रधानमन्त्रीमा नियुक्त भएपछि उनी रुस जान लागेको पनि दोस्रो पटक हो । 

यसअघि मोदी गत जुलाई ८ मा पहिलोपल्ट रुस गएका थिए । उनी १६ औँ ब्रिक्स समिटका लागि मंगरबार रूस जान लागेका हुन् । 

भारतीय प्रधानमन्त्री मोदी अक्टोबर २२–२३ मा रूसको कजानमा आयोजित ब्रिक्स समिटमा सहभागी हुने कार्यक्रम रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

समिटमा चीनका राष्ट्रपति शी जिनपिङ पनि जाने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति जिनपिङबीच द्विपक्षीय भेटघाट हुने सक्ने बताएको छ । 

तर, भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले सोमबार आयोजित पत्रकार सम्मेलनमा दुवै मुलुकका राष्ट्राध्यक्षबीच द्विपक्षीय भेटघाटको पुष्टि नगरेको बीबीसीको हिन्दी अनलाइन संस्करणले उल्लेख गरेको छ । 

तथापि, मिस्रीले द्विपक्षीय मुद्दाहरूमा भने कुराकानी हुने भने जानकारी दिएको बीबीसीले जनाएको छ ।