समाचार

रोटरी इन्टरनेशनलको पोलियो उन्मूलन अभियान

By खबरहब

October 21, 2024

काठमाडौं – रोटरी इन्टरनेशनलले यही अक्टोबर २४ तारिखका दिन देशका सातै प्रदेशमा पोलियो उन्मूलन सचेतना विशेष अभियान सञ्चालन गर्ने भएको छ ।  

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अक्टोबर २४ तारिखलाई पोलियो दिवसका रुपमा मनाउँदै गरेको अवस्थामा संस्थाले पनि उपत्यकासहित सातै प्रदेशमा एन्ड पोलियो नाउ विशेष अभियान सञ्चालन गर्ने जानकारी गराएको हो ।

सोही दिन बिहान उपत्यकामा साइकल र्‍यालीका साथै देशका विभिन्न शहरहरूमा जनचेतनामूलक कार्यक्रम आयोजना गरिने र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनले जानकारी दिए ।

नेपालमा आधिकारिक रुपमा पोलियोका बिरामी नरहेपनि सँधै सचेत रहनका लागि पोलियो उन्मूलन सचेतना विशेष अभियान सञ्चालन गर्न लागिएको उनले बताए ।

रोटरीले पोलियो उन्मूलनका अभियानसहित सात वटा क्षेत्रमा आफ्ना सामाजिक सेवालाई केन्द्रीत गर्दै आइरहेको जनाएको छ ।