काठामाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका निलम्बित महामन्त्री मुकुल ढकालले आफू एक्लै भए पनि पार्टी सिद्धान्तको अस्तित्व बचाएर बसेको दाबी गरेका छन् ।
उनले सोमबार फेसबुकमा स्टाटस लेख्दै कास्कीमा भएको आन्दोलन रास्वपाको नभएर रवि लामिछाने क्लबको भएकाले मिडियाले पनि त्यहीअनुसार बुझ्न आग्रह गरेका छन् ।
उनले लेखेका छन्, ‘कृपया मिडियाका साथीहरूले पनि रास्वपा कार्यकर्ता आन्दोलनमा भनेर नलेखिदिनु होला, त्यो भिड रवि लामिछाने क्लबका सदस्यहरूको हो ।’
ढकालले कानून भन्दा माथि कोही नभएको बताउँदै राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण गर्नु हुँदैन भनेर आफू अडिग भएको बताए ।
यस्तो छ ढकालको पुरा स्टाटस : ‘म एक स्वच्छन्द चरा, एक स्वतन्त्र नागरिक । पार्टीको खास नाम अनुसार । आज रास्वपाको कोही छ त, म छु । एक्लै होला, तर पार्टी सिद्धान्तको अस्तित्व बचाएर बसेको छु । विधिको शासन, कानुन भन्दा माथि कोही छैन र राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण गर्नु हुँदैन भनेर अडिग छु । कृपया मिडियाका साथीहरूले पनि रास्वपा कार्यकर्ता आन्दोलनमा भनेर नलेखिदिनु होला, त्यो भिड रवि लामिछाने क्लबका सदस्यहरूको हो । रास्वपा विधानमै लेखिएको छ, रास्वपाको दर्शन र प्रतिबद्धताको पहिलो बुँदामा ‘विधिको शासन’ ।