राजनीति

एमालेले भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि…

By खबरहब

October 21, 2024

काठमाडौं– सत्तारुढ नेकपा एमालेले नेता भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि उनीनिकट कार्यकर्ताहरूले पार्टीका जिल्ला र प्रदेश तहका नेताहरूलाई लखेटेका छन् । 

सचिवालय बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको भोलिपल्ट रावलको गृहजिल्ला अछाममा कार्यकर्ताहरूले जिल्ला अध्यक्ष झपट बोहरा र प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीलाई लखेटेका हुन् । 

पार्टीका प्रदेश अध्यक्ष जैशीका साथमा जिल्ला अध्यक्ष बोहरा कार्यकर्ता भेलामा सहभागी हुन सोमबार साँफेबगर पुगेका थिए । तर, रावलनिकट एमाले कार्यकर्ताहरूले स्पष्टीकरण सोध्ने पार्टी सचिवालय बैठकको निर्णयको विरोध गर्दै साँफेबगरमा प्रदर्शन गरेका थिए । 

एमाले सचिवालयको आइतबार ललितपुरको च्यासलस्थित मुख्यालयमा बसेको बैठकले नेता रावलसँगै स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।