समाचार

हर्कले बेलायतबाट भने- रडाको नमच्चाउ फागो नै कार्यवाहक मेयर हो

By खबरहब

October 21, 2024

काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बेलायतबाट ११ नम्बर वडाका अध्यक्ष लोकेन्द्र फागो नै धरानको कार्यवाहक मेयर भएको बताएका छन् । 

उनले फेसबुकमा स्टाटस र भिडिओ बनाएर कसलाई कार्यवाहक दिने या नदिने सबै अधिकार आफूमा हुने भन्दै साम्पाङले रडाको नमच्चाउन भनेका हुन्। 

उनले आफू धरानको विकासमा लागि रातदिन कुदिरहेको बताए । 

मामा  ससुरा फागोलाई कार्यवाहक दिएका उनले अरुलाई धरानको बदनाम नगर्न आग्रह गरे । 

उपमेयरलाई नजरअन्दाज गर्दै वडाध्यक्षलाई अधिकार प्रत्यायोजन गरी  कार्यवाहक मेयर ताकेर दिएको पत्र विराटनगरस्थित उच्च अदालतको उत्प्रेषणयुक्त परमादेशले अस्वीकार गरेको छ । त्यसपछि मेयर साम्पाङले यस्तो भिडियो बनाएका हुन् ।