खेलकुद

माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी

By खबरहब

October 21, 2024

काठमाडौं– साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले पहिलो हाफमा माल्दिभ्सविरुद्ध ४-० को अग्रता लिएको छ ।

नेपालका लागि रेखा पौडेलले २ गोल गरेकी थिइन् भने सबिता राना मगर र प्रिती राईले एक एक गोल गरेका थिए । 

समुह ए मा रहेको नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेपछि सेमिफाइनलमा पुग्न यो खेलमा फराकिलो जित हासिल गर्ने दबाबका बीच खेलिरहेको छ ।