राजनीति

विपक्षी दललाई ओलीको प्रश्न : कस्ले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेछ ?

By खबरहब

October 21, 2024

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेको हल्ला मात्रै भएको दाबी गरेका छन्।

बालुवाटारमा विपक्षी दलहरूको ज्ञापनपत्र बुझ्दै ओलीले यसबारे उल्टै विपक्षी दलहरूलाई प्रश्न गरेका छन्।

ज्ञापन पत्र बुझाउन बालुवाटार पुगेका एक नेताले खबर हबसँग भने, ‘हामीले दल विभाजनसम्बन्धी अध्यादेशको विषयमा कुरा राख्यौँ। प्रधानमन्त्रीजीले उल्टै प्रश्न गर्नुभयो। कसले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेछ ? तपाईँहरू त बडो हल्लाका पछि लाग्नु हुँदो रहेछ।’

ती नेताका अनुसार ओलीले ठट्यौली शैलीमा बरु २०७४ साल पछाडी प्रचण्डजी, अरु केही व्यक्ति र नेपाली कांग्रेसका सभापति मिलेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको सम्झना गरेका थिए।

ती नेताका अनुसार ओली र माधव नेपालबीच दोहोरो बोलचाल नभएको बुझिएको छ। यसबारे माधव नेपालले भने कुनै प्रतिक्रिया दिन चाहेनन् ।

याे पनि…

विपक्षी दलले प्रधानमन्त्रीलाई बुझाए ज्ञापन पत्र, यस्ता छन् १३ बुँदे माग