काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा जिरोना शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा सेभिल्लालाई ५–१ गोलले हराउँदै जिरोना शीर्षस्थानमा उक्लिएको हो ।
जिरोनाका लागि आर्टेम डब्बीकले ह्याट्रिक गरेको खेलमा भिक्टर त्यह्यान्कोभ र क्रिस्टियन स्टुआनीले एक–एक गोल गरेका थिए । यस्तै, सेभिल्लाका इसहाक रोमेरो बर्मालले एक गोल गरेका थिए ।
खेलमा सेभिल्लाका रोमेरोले १०औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । त्यसपछि जिरोनाका आर्टेमले १३औँ, १५औँ र १९औँ मिनेटमा गोरेका थिए । यस्तै, जिरोनाकै भिक्टरले ५६औँ मिनेट तथा स्टुआनीले ८९औँ मिनेटमा गोल गर्दै टोलीलाई ५–१ गोलको जित दिलाए ।
यो जितसँगै जिरोना २१ खेलबाट ५२ अंक जोडेर तालिकाको शीर्षस्थानमा रहेको छ । एक खेल कम खेलेको रियल मड्रिड ५१ अंकका साथ दोस्रो स्थानमा छ । पराजित भएको सेभिल्ला १६ अंकसहित १७औँ स्थानमा छ ।