ब्रेकिङ स्टोरी

दाङमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुईजना घाइते

By खबरहब

January 22, 2024

दाङ– दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् ।

बर्दियाबाट काठमाडौँका लागि गुडेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङको लमही नगरपालिका– ९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा बर्दिया गेरुवा गाउँपालिका– १ का भीमनाथ योगी र युवराज चौधरी रहेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए । मृतकको शव लमही अस्पतालमा राखिएको छ । घाइते दुईजनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बसमा ४७ जना सवार रहेका थिए । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।