सांकेतिक तस्बिर

समाचार

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

By खबरहब

January 22, 2024

पाल्पा– पाल्पाको रम्भा गाउँपालिका– १ स्थित कालीगण्डकी करिडोर सडकखण्डको भोवरमा १४प३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गएराति एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रम्भा–१ असेर्दीका २८ वर्षीय हेमन्त जिटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक एवं प्रवक्ता श्रीराम भट्टले जानकारी दिए ।

मोटरसाइकल सडकदेखि करिब दुई सय मिटर तल खसेको र शव परीक्षणका लागि रामपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।