फाइल फोटो

समाचार

कटन क्याण्डी प्रयोग नगर्न खाद्य विभागको आह्वान

By खबरहब

January 22, 2024

काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कटन क्याण्डी प्रयोग नगर्न सार्वजनिक सूचना जारी गरेको छ । 

विभागको प्रयोगशालामा गरिएको जाँचमा बालबालिकालाई लक्षित गरी तयार गरिएको गुलियो मिठाई कटन क्याण्डीमा अखाद्य रङ मिसाएको पाइएको विभागले जानकारी दिएको छ । विभिन्न स्थानका सडकपेटी, बजार, मेला लगायतका स्थानहरूमा खुला कटन क्याण्डी बिक्री वितरण हुँदै आएको छ । 

कटन क्यान्डीको उपभोग नगर्न तथा आफ्ना बालबालिकाहरूलाई समेत नदिन विभागले आह्वान गरेको छ । साथै अखाद्य रङको प्रयोग गरी कटन क्यान्डी उत्पादन तथा बिक्री वितरण नगर्न पनि भनिएको छ । 

यस सूचनाको अटेर गरी उत्पादन तथा बिक्री वितरण गरेको पाइएमा खाद्य ऐन नियम बमोजिम कारबाही हुने चेतावनी विभागले दिएको छ ।