सांकेतिक तस्बिर

अन्तर्राष्ट्रिय

श्रीलंकाको दक्षिणी क्षेत्रमा गोली चल्दा ५ जनाको मृत्यु

By खबरहब

January 22, 2024

कोलम्बो– श्रीलंकाको दक्षिणी प्रान्त बेलियाटामा सोमबार बिहान भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता निहाल थाल्दुवाले दक्षिणी द्रुतमार्गको बेलियाटा इन्टरचेन्ज नजिकै उक्त घटना भएको बताएका छन् । चार जनाको घटनास्थलमै मृत्यु भएको र अर्का एक जनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रवक्ताले जानकारी दिएका छन्  ।

उक्त घटना लीबारी स्थानीय समय अनुसार बिहान ७:४५ बजे भएको थियो । गाडीमा यात्रा गरिरहेको अज्ञात समूहले जिपमा रहेको अर्को समूहले गोली चलाउँदा सो घटना भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले सो गोली प्रहार संगठित आपराधिक समूहले गरेको हुन सक्ने आशंका गरेको छ । श्रीलंकाले डिसेम्बर १७ देखि लागुऔषध ओसारपसार र संगठित आपराधिक गतिविधिलाई रोक्नको लागि अभियान विशेष शुरु गरेको छ । 

 सो अभियानमा गत हप्तासम्म ४० हजार भन्दा बढी संदिग्धहरूलाई पक्राउ गरिएको छ।