आर्थिक

नेप्से परिसूचक साढे ३१ अंकले घट्यो

By खबरहब

January 22, 2024

काठमाडौं– सेयर बजार साढे ३१ अंकले घटेको छ । सोमबार ३१.४९ अंकले घटेको सेयर बजार २०९८.६९ विन्दुमा पुगेर बन्द भएको छ ।

साेमबार ३०७ कम्पनीको १ करोड ८० लाख ४३ हजार २४४  कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३६ करोड ६० लाख ७० हजार ३ रुपैयाँको कारोबार भएको छ ।

यसदिन ३६ कम्पनीको सेयर मूल्य बढ्दा २०९ वटा कम्पनीको ओरालो लागेको छ भने ३ कम्पनीको स्थिर छ ।