समाचार

कुनै पनि निकायले मेरो खाता हेरोस्, १ करोड ८० लाख लिएको रहेछु भने सजाय भोग्न तयार छु : रवि

By खबरहब

January 22, 2024

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम हिनामिना प्रकरणमा प्रष्टीकरण दिएका छन् ।

सोमबार प्रकाशित समाचारबारे प्रष्टीकरण दिन पार्टी कार्यालय वनस्थलीमा आयोजित पत्रकार सम्मेलनमा उनले राज्यका कुनै पनि निकायलाई आफ्नो खाताको जाँचबुझ गर्न समेत चुनौती दिए । उनले भने, ‘मेरो खाता कुनै पनि निकायले हेरोस् । १ करोड ८० लाख मैले लिएको रहेछु भने म जुनसुकै सजाय भोग्न तयार छु ।’

यसअघि सोमबार ग्यालेक्सी टेलिभिजन छाड्दा सभापति लामिछानेको निजी खातामा १ करोड ८० लाख जम्मा भएको समाचार सार्वजनिक भएको थियो ।

भिडियो हेर्नुहोस्-