समाचार

कर्जा असुली न्यायधिकरण गठन गर्न आवश्यक : स्वणिर्म वाग्ले

By खबरहब

January 22, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वणिर्म वाग्लेले कर्जा असुली न्यायधिकरण गठन गर्न आवश्यक रहेको बताएका छन् ।

सोमबार प्रकाशित समाचारबारे प्रष्टिकरण दिन पार्टी कार्यालय वनस्थलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सहकारी एन फितलो भएकाले न्यायधिकरण गठन गर्नुपर्ने बताएका हुन् ।

उनले भने ‘सहकारीको नयाँ ऐन आउनु पर्छ ।  सहकारी विभाग कमजोर भयो । ‘

सहकारीसम्बन्धि २०६१ सालमा युवराज खतिवडाले ल्याएको प्रतिवेदन कडा भएपनि त्यसमा राजनीतिकरण गरिएको उनको आरोप छ ।

एक दुई बदमास सहकारीले राम्रो सहकारीको समेत बदनाम गरेको उनको भनाई छ  । सहकारीका समस्या समाधान आफूहरू उन्मुख रहेको र यो एजेन्डा नछोड्ने उनको अडान छ ।