फाइल फोटो

समाचार

बँदेलको आक्रमणबाट एक महिला घाइते

By खबरहब

January 22, 2024

अछाम– अछाममा बँदेलको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन्।

मंगलसेन नगरपालिका-६ ठुलासैनको चिउरी खोलामा नुहाउँदै गरेकी २४ वर्षीया आरती भण्डारी बँदेलको आक्रमणबाट घाइते भएकी हुन्। 

भण्डारीको अनुहारमा चोट लागेको छ। उनलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको अछाम प्रहरीले जनाएको छ।