क्रिकेट

क्यानडा–११ विरुद्ध ब्याटिङ गर्दै नेपाल ‘ए’

By खबरहब

February 22, 2024

काठमाडौँ– क्यानडा–११ विरुद्ध एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपाल ‘ए’ ले ब्याटिङ गरिरहेको छ ।

काठमाडौँको मूलपानी क्रिकेट मैदानमा टस जितेर क्यानडाले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको हो ।

सिरिजको निर्णायक खेलमा आज जित निकाल्दै दुवै टोली नतिजा आफ्नो पक्षमा पार्ने लक्ष्यका साथ मैदानमा उत्रिएका छन् ।

यसअघिका दुई खेलमा नेपाल र क्यानडाले १–१ को बराबरी खेलेका छन् । पहिलो खेलमा क्यानडा चार विकेट विजयी भएको थियो भने दोस्रो खेलमा नेपालले दुई विकेटको जित निकालेको थियो ।