समाचार

रूस-युक्रेन युद्धमा परेका नेपालीबारे सदनमा जानकारी गराउन माग

By खबरहब

February 22, 2024

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा रूस-युक्रेन युद्धमा मारिएका नेपालीको अवस्थाबारे जानकारी गराउन माग गरिएको छ । 

सभाको विशेष समयमा नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापाले परिवारका सदस्यहरू न श्वास, न आशको अवस्थामा रहेकाले ती नेपालीहरूको अवस्था खोजी गरी नेपाल फिर्ता गर्न सरकारसँग माग गरे । 

‘नेपालीहरू रुस र युक्रेनका सेनामा भर्ना भएर आपसमा लडिरहेका छन् । यतिका समय बितिसक्दा पनि किन परराष्ट्र मन्त्रालय बोल्दैन रु औपचारिकरूपमा केही जानकारी पाउन सकेको छैन ?’, उनले भने ।