समाचार

कांग्रेस महासमिति बैठक अवरुद्ध, महामन्त्री थापाद्वारा गुनासो सुन्ने प्रतिवद्धता

By खबरहब

February 22, 2024

काठमाडौं– प्रदेश सदस्यहरूले सुझाव दिने क्रममा विरोध भएपछि नेपाली कांग्रेसको जारी महासमिति बैठक प्रभावित भएको छ । 

प्रतिनिधिहरू जर्‍याकजुरुक उठेर विरोध जनाएका थिए । उनीहरूले आफ्नो भावना विपरीतको रिपोर्ट सार्वजनिक भएपछि असन्तुष्टि जनाएका हुन ।  महामन्त्री गगनकुमार थापाले आग्रह गरेपछि अहिले प्रतिनिधिहरू आफ्नो कुर्सीमा फर्कन थालेका छन् 

बागमती प्रदेशसभाका सभापतिले आफ्नो भनाई राख्ने क्रममा बोलेको विषयमा अन्य प्रतिनिधिहरूले असहमति जनाएका थिए ।