समाचार

कांग्रेस राजनीतिक संस्कार भएको पार्टी हो : गगन थापा 

By खबरहब

February 22, 2024

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस राजनीतिक संस्कार भएको पार्टी हो भन्ने दाबी गरेका छन्। कांग्रेस महासमिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले भने, ‘अरु पार्टीमा दबाब खुम्चाइन्छ तर काङ्ग्रेसमा त्यो हुँदैन । हामी अरु भन्दा भिन्न राजनीतिक संस्कार भएको पार्टी हो।’ 

यस्तै सबै प्रस्तावमाथि मसिनोगरी छलफल गरेर लिपिबद्ध गरेको समेत बताएका छन् । विधान मसौदा समितिले विधान बनाउने पनि उनले बताए ।

उनले भने, ‘विधान मसौदा समितिले विधान बनाउँछ आज विधान संसोधन हुँदैन ।’