स्टोरी

परपीडक बन्दै सामाजिक सन्जाल, पैसा धुत्नेदेखि इज्जत लुट्नेसम्म

By खबरहब

February 22, 2024

सामाजिक सञ्जालमा केही पात्र यसरी जबर्जस्त उदाएका छन कि तिनीहरुको गाँठी के हो पटक्कै खुल्दैन । द्विअर्थी शब्द, भद्दा मजाक, अराजक चरित्र प्रकट हुने अभिव्यक्तिले वाहवाही पाएको हो कि भन्ने भान भ्यूजरको उल्लेख्य उपस्थितिले जनाउँछ । उनीहरु कहिले रुन्छन, कहिले कराउँछन, अरुको इज्जत लिलाममा न्यायाधीश, पुलिस बन्छन । तर यो अराजक प्रवृत्तिको औषधी खोज्ने तर्फ कसैको सार्थक प्रयास भएको देखिदैन । सामाजिक सञ्जाल सूचनाको भरपर्दो स्रोत मानिएको अवस्थामा यस्ता पात्रको वर्चस्वले आउँदो पिँढीलाई कुन मार्गदर्शन दिन्छ, सोचनीय भएको छ । यो सामग्रीमा हामी केही यस्ता थितिको हुर्मत लिँदै आएका पात्रका विषय उठाउँदैछौं ।

शर्मिला वाइबा

युट्युबमा अन्टसन्ट बोलेर चर्चामा आएकी उनी आफूलाई सामाजिक अभियन्ता बताउँछिन् । विशेष गरी बलात्कार पीडकको पक्षमा बोलेर उनले आफ्नो फ्यानफ्लोइङ बढाएकी हुन् । आफूलाई अनाथ भएको बताउदै उनले केही अभिभावकविहिनको अभिभावकत्व लिएको बताउँछिन् । उनकी एक छोरी पनि छन्, तर उनले आजसम्म छोरीको बुवाको नाम बताएकी छैनन् । उनी आफ्नो कोखबाट नजन्मेको उनको दाबी छ । त्यो सबै उनको व्यक्तिगत कुरा हुन् ।

तर पछिल्लो समय आइरहेको विभिन्न काण्डको नेतृत्व उनले गरेकी छन् । कलाकार पवन खतिवडालाई सिध्याउने खेलमा उनले खतिवडाकै पत्नी र ऋतु भन्ने कलाकार प्रयोग गरेको देखिन्छ । केही समय अगाडि पत्रकार ऋषि धमलाले आफूलाई नाबालिका हुँदादेखि यौन शोषण गरेको आरोप लगाएकी थिइन् । त्यस्तै उनले माओवादी निकट युटुबर सन्तोष देउजालाई यौनका लागि निःशुल्क केटी मिलाइदिनु पर्ने बताएकी थिइन् । कहिले उनी कसरी सम्भोग गर्ने भनेर गाइनोलोजिस्ट बनेर अर्ती दिन्छिन् । कहिले महिलाले चाहेरै उनीहरुको बलात्कार हुने बताउँछिन् ।

तेजेन्द्र परियार ‘कलौटे’

बालकलाकार सचिन परियारका बुवा तेजेन्द्र परियार कलौटे पनि समाजका हरेक विषयका विज्ञ हुन् । आफ्नो विरामी छोराको नाममा उठेको पैसाले रक्सी खाने, डान्सबार जाने जस्ता हर्कत गरिरहन्छन् । दुई तीन बिहे गरेका उनी सन्तानप्रतिको जिम्मेवारी एकातिर छोडेर युटुवमा जथाभावी बोलेकै भरमा पैसा कमाउन सकिनेमा लागेका छन् ।

भेलु बाजे

बेल्कुल–बेल्कुल अर्थात मेनबहादुर बुढा ‘भेलु बाजे’ का नामले उनी चिरपरिचित छन् । सामान्य पारिवारिक अवस्थाका ६१ वर्षीय भेलु बाजे प्युठानका स्थायीबासी हुन् ।

मानिसहरु उनको बोल्ने शैली, भाषा र हाउभाउमा यसरी रमाउँछन् कि अब उनलाई आफ्नो ढंगले बाँच्ने फुर्सद नै मिल्दैन ।

सामान्य ज्याला मजदुरी गरेर आफ्नो जीविकोपार्जन गरिरहेका भेलु बाजेलाई टिकटकले एकाएक भाइरल बनाइदियो । न अभिनयको ज्ञान, न त गीत संगीतको ज्ञान, तर भाइरल भएकै कारण उनले अभिनय गर्ने र गीत गाउने अवसर पाए । उनलाई भाइरल गराउने तेजेन्द्र परियार र गनबहादुर पेस्तोल हुन् ।

युटुबमा उनले प्रचण्डदेखि गगन थापा, केपी ओली कसैलाई पनि बाँकी नराखी गाली गर्छन । महिलाहरुको विषयमा पनि उनी निकै निम्नस्तरको शब्द र हाउभाउ प्रयोग गर्छन् । त्यो उनले आफैंले भन्दा पनि अरुले गर्न र भन्न लगाएको पाइन्छ । केही पैसा र रक्सी पाएपछि उनी अरुले जे जे भन्छन् त्यहि त्यहि गर्दै हिँडेका छन् । न समाज न उमेरको उनलाई ख्याल छ ।

मनोज गिरि ‘चिथर्ने’

अर्निले अरोस्, उनको लवज । मनोज गिरि स्वास्नी भन्ने जात एक नम्बरको घाँडो । स्याङजालीसँग सिङगोरी खेल्न नआओ भन्ने उनको भनाइ लोकप्रिय भएको थियो । सबैलाई हँसाएको आत्मरतिमा बोल्छन । आइमाइ यस्तो उस्तो भन्छन् । बा–आमाको सम्बन्धका बारेमा पनि उनी निकै अश्लिल बोल्छन् । उनी दोहोरी साँझतिर गीत पनि गाउँथे । गाउँतिर गएर उनले कुखुरा पालनमा लागे ।

काजुले काण्डले तमाशा आउदाँ पनि स्वास्नीले कति मया गरेकी भनेर एलिजा जस्तो स्वास्नी पो हुनुपर्छ भन्छन् । नेपालका स्वास्नीहरुले फुई नलाई, बिहान उठेर दुलाको खुट्टा ढोग्नुपर्छ भन्ने अभिव्यक्ति दिन्छन् ।

कृष्ण भट्टराई ‘भट्टराई किस्ने’

 

सामाजिक संजालमा भट्टराई किस्ने नामले परिचित कृष्ण भट्टराई, ‘तेरीमा गाडी’ भन्ने थेगो उनको लोकप्रिय थियो । उनी पनि सुरुमा केही सामाजिक विषयमा राम्रै कुरा गर्थे । पछि उनी पनि अन्टसन्ट बोल्न थाले । टिकटकमा जथाभाबी बोलेर भ्युज कमाउनेतिर उनी लागे । उनी न कुनै कलाकार, न त कुनै विज्ञ तर पनि उनी विभिन्न महोत्सवमा पुग्छन् । उनले पनि नजानेको कुनै विषय छैन । करिब –करिब न्यायाधिस बराबरको फैसला उनले सामाजिक सञ्जालबाटै गर्छन् । उनी पनि धेरै रुचाइएका टिकटकर हुन् ।

शान्ति बराल

केही समय अगाडि टिकटकमा अश्लिल हर्कत गरेर चर्चामा आएकी बराल रुपन्देहीकी हुन् । उनकै कारणले टिकटक बन्द भएको भन्ने धेरैको आरोप थियो । माओवादी पार्टी निकट भनिएपनि उनलाई सामाजिक सञ्जालमा बोल्न हुने र नहुनेबारे मतलब छैन । सुन्दर शरीर हुनु वेनिफिट हो, यसको फाइदा लिनुपर्ने भन्नेमा उनी छन् । राम्रो वा अश्लिल जे गरेर भएपनि फ्लोर धेरै छन् भन्ने कुरामा उनी मख्ख छिन् ।

अश्लिल हर्कत गरेरै उनले टिकटकमा प्रशस्त गिफ्ट पाएको कुरा गर्छिन् । र त्यो कुरा देखेर अरुले डाहा गरेको उनको आरोप छ । उनका हर्कत व्यक्तिगत हुन् । तर मानिस सामाजिक प्राणी पनि हो । उसको व्यवहारले समाजलाई प्रभाव पारेको हुन्छ । उनी आफ्नो शरीर निकै राम्रो भएको, त्यो देखाएर गिफ्ट बटुल्नु नराम्रो नभएको बताउँछिन् । उनले आफूलाई जसरी आफ्नी छोरीको टिकटकलाई माया गर्दिन अर्थात गिफ्ट दिन आग्रहसमेत गर्छिन् ।

लाइभ ड्यामेज बाबा

सुन्दरीजलमा बस्ने । निकै राम्रो अँग्रेजी बोल्ने आफूलाई अघोरी बाबा का नामले परिचित छन् । बताउने लाइभ ड्यामेज बाबा पनि एक समय निकै भाइरल भए । साधुको भेषमा सामाजिक, राजनीतिक, धार्मिक र आर्थिक कुनै पनि विषयमा उनी बोल्न सक्थे । उनी आधुनिक समाजलाई प्रतिनिधि गर्ने पात्र थिए । देश विदेश, विज्ञानका बारेमा पनि उनी बोल्थे । गर्लफ्रण्डहरु पैसाको पछाडि मात्रै लाग्ने भन्दै पतुर्नी भन्थे ।

हस्तमैथुन, यौनसम्पर्क जस्ता विषयलाई उनले निकै अश्लिलतापूर्वक प्रस्तुति गर्थे । उनी आफू पहिले ग्याङस्टारको रुपमा परिचय गराउँछन् । प्रयाङका नाममा उनले मुख छाड्न थाले । जथाभावी बोल्न थाले । उनले बिहे पनि गरे ।

युटुबरहरुको भाउँतोमा आएर उनले अघोरीको नियमसंगत सबै तोड्दै गए । उनी पनि ट्याकर ट्याकर भन्दै महिलाको हिँडाइ देखि शरीर र लत्ताकपडाका बारेमा तल्लोस्तरका टिका टिप्पणी गर्छन् । उनले पनि युटुबरले जथाभावी बोल्न लगाएको भनेर पछि अन्तर्वार्ता नदिने बताएका छन् । युटुबले पैसाको प्रलोभनमा पारेर उच्छृङखल बोल्न लगाएको आरोप लगाएका थिए ।

पुन्य गौतम

आफूलाई पीएचडी होल्डर बताउने पुन्य गौतमले केही समय अगाडि नेकपा एकीकृत समाजवादी छोडेर एमाले प्रवेश गरेका थिए । युट्वमार्फत चर्चामा आइरहने गौतमले केपी ओली, भ्लादिमिर पुटिन र सी जीनपिङ जत्तिकै शक्तिशाली भएको बताएका थिए ।

सुरुमा उनी मिडियामा आउँदा राजनीतिक विश्लेषकका रुपमा उदाए । तर युटुब र टिकटकको सस्ता विषयमा आकर्षित भए । त्यसमा पैसा देखे उनले । कस्तो कन्टेन्ट बिक्छ, उनी त्यस्तै बोल्न थाले ।

मानिसको निजी तथा व्यक्तिका विषयमा बोल्न थालेपछि उनी सार्वजनिकस्थलमा पनि कुटिएका छन् । एउटा कोट र एक हुल युटुबर बोकेर हिँड्ने उनको दैनिकी हुन थाल्यो । अरुभन्दा बौद्धिक हुँ भन्ने उनमा घमण्ड थियो । तर उनको विचारले समाजमा अराजकता, द्वन्द्व भन्दा बढी केही दिएको छैन । विना जागिर, व्यवसाय उनले काठमाडौंमा घर बनाएका छन् ।

उमेश लामिछाने ‘मिस्टर ह्याप्पी’

झट्ट हेर्दा हजुरआमा र नातीबीचको निकै प्रेम देखिन्छ । उनी हजुरआमालाई रमाइलोका लागि अनेक थरि गर्न र बोल्न लगाउँछन् । हेर्दा उनले राम्रै सन्देश दिने वा मनोरञ्जन दिने खालको भिडियो बनाउने कोसिस गरेका हुन्छन् । तर केही हर्कत आमालाई सुहाएको छैन ।

तु कितने बरसका ? तु कितनी बरसकी ? नाती र आमाको अभिनय निकै अस्वाभाविक देखिन्छ ।

भ्युजका नाममा आमालाई गर्न लगाइएको हर्कतले उनी आफैले के भन्छन् मान्छेले भन्ने पनि जिकिर गरेकी छन् । असाध्यै अप्ठ्यारो पनि मानेकी छन् । तर नाती केटोले भ्युजका लागि आमालाई यस्ता हर्कत गर्न लगाइरहेका छन् ।

आमाका भिडियो पुरै स्क्रिप्टेड लाग्छन । ‘तिमिल्सनाकी छोरी भागे फका न, भगाएर ल्या, हाम्रा मात्रै छोरी छन् भनेर गर्दन फुलाउनेको भाँचिदिउन तिनीहरुको गर्दन । परेको म बुझाउँछु ।’ जस्ता भद्दा अभिव्यक्ति छन् । जुन पटक्कै स्वाभाविक लाग्दैन ।