राजनीति

कांग्रेसले आफ्नो धुरी आफैँ सम्हाल्छ : गगन थापा

By खबरहब

February 22, 2024

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले आफ्नो धुरी आफैँ सम्हाल्ने बताएका छन् । महासमिति बैठकमा बोल्दै थापाले काङ्ग्रेसले आफ्नो धुरी आफै सम्हाल्ने बताउँदै देश सम्हाल्ने जिम्मेवारी हाम्रो हो भनेका हुन् ।

उनले भने ‘अहिले सरकारमा छौँ । राम्रो काम गर्छौ । ठुला व्यक्तिको नामको सम्पत्ति छानबिन हुन्छ । त्यो कांग्रेसले गर्छ । दाग लागेको मन्त्रीलाई घर पठाऊ । भोट कांग्रेसमा हाल्ने बाटो बनाऊ । विधि र विधान पालना गरौँ ।’

यसै बीचमा उनले संगठन बलियो बनाउने छलफल भएको समेत बताएका छन् ।

यसैबीच कांग्रेसका उपसभापति एवं कानूनमन्त्री धनराज गुरुङले काङ्ग्रेस एउटा घर हो हामी परिवार हो छलफल हुन्छ भनेका छन् । उनी भन्छन् ‘यो स्वाभाविक हो । अब घर अग्लो बनाऊ । झगडा र खुट्टा तान्ने प्रबृत्ति अन्त्य गरौँ । एक भएर लाग्यौँ ।’

 त्यसैगरी, उपसभापति तथा उपप्रधानमन्त्री पुर्णबहादुर खड्काले काधमा अवसर र चुनौती भएकाे बताएका छन् ।

उनी भन्छन्, ‘ सबै कुरालाई जोडेर संविधानको कार्यान्वयन हुन्छ । सबै मुद्दामा संविधानको संसोधन र कार्यान्वयन गर्ने जिम्मा काङ्ग्रेसले लिन्छ । केन्द्रीय कार्यसम्पादन समितिले सबै प्रस्तावहरू परिमार्जन सहित पारित गर्छ । कमजोर सच्याइन्छ । सरकारबाट प्रभावकारी काम हुन्छ ।’