राजनीति

प्राप्त सुझावका आधारमा प्रतिवेदन पारित हुन्छ : सभापति देउवा

By खबरहब

February 22, 2024

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्राप्त सुझावका आधारमा प्रतिवेदन पारित हुने बताएका छन् । 

पार्टी महासमिति बैठकको समापन समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले सबै प्रस्तावहरूको  केन्द्रिय कार्यसम्पादन समितिले पनि अध्ययन गर्ने बताए ।

उनले भने, ‘सबै प्रस्तावहरू साथीहरुबाट प्राप्त सुझावका आधारमा प्रतिवेदन पारित हुन्छन्‌ । केन्द्रिय कार्यसम्पादन समितिले पनि अध्ययन गर्छ । महासमितिले गरेको प्रस्ताव पारित हुन्छ भन्ने विश्वास छ । गठबन्धनलाई सुशासनको दायित्वमा ल्याउँछ ।’