क्यान इन्फोटेक सुनसरी : पहिलो दिन सुनसान, मन्त्रीले गरे खाली स्टलको अवलोकन

By खबरहब

February 22, 2024

सुनसरी –  बिहीबारदेखि धुमधामका साथ सुरु भएको क्यान इन्फोटेक सुनसरी पहिलो दिन आन्तरिक पर्यटक नपाउँदा सुनसान बनेको छ । कार्यक्रममा राखिएका ६५ वटा स्टल मध्ये २१ वटा स्टल बाहेक सबै स्टल खाली देखिएका छन् । कोसी प्रदेशका सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीले परिवारका सदस्य र आफन्त जम्मा गरी आयोजना गरिएको क्यान इन्फेटेकको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि रहेका मन्त्री कार्केले अघाडीले सबैले आफ्नो कुर्सी खाली गरेको देखेर २ मिनेटमै आफ्नो कुरा राखेका थिए । यति मात्र होइन, मन्त्रीले कार्कीमा रहेका स्टलको पनि निरीक्षण गरेका छन् ।

अवलोकनका क्रममा अधिकांश स्टलहरू खाली देखेपछि आयोजक लाइमन्त्री कार्केले कुन स्टलहरू खाली छन् भनेर सोधेका थिए । कार्यक्रमको शुरुवातमा इटहरी उपमहानगरपालिकाका मेयर हेमकरण पौडेलले आफूलाई बेवास्ता गरेको भन्दै विरासतमा कार्यक्रमस्थल छाडेका थिए ।

आयोजकले स्टल खाली भएकोमा आन्तरिक सदस्यहरू समक्ष गुनासो गरेका थिए । इन्फोटेकमा नेपाली सफ्टवेयर स्टार्टअप र स्वदेशी प्रविधिको प्रवद्र्धन गर्ने स्टलमा शिक्षा, परामर्श, होटललगायतका क्षेत्रको प्रभुत्व रहेको देखिएको थियो । विभिन्न सामग्री र उपकरणहरू उचित मूल्यमा उपलब्ध भए पनि स्टालमा प्रविधिसँग सम्बन्धित कुनै पनि सामग्रीहरू देखिएनन्। कोसी प्रदेश स्तरीय इन्फोटेक, सीमित कम्प्युटर व्यवसायी तथा आयोजक स्वयंले स्टल बुक गरेका थिए ।

सुनसरी इटहरी क्षेत्रका कतिपय कम्प्युटर व्यवसायीको कारण पारेखिन धरान, इनरुवा, दुहबी आदि क्षेत्रका सदस्यहरु निष्क्रिय रहेकाे गुनासाे समेत गरिएकाे छ । विगतमा १४० भन्दा बढी सदस्य रहेको सुनसरीमा अहिले १५–२० परिवार मात्र रहेकाे बताइएकाे छ। २०७२ चैत ९ क्यान सुनसरी विघटन गरि क्‍यान्‍मा महासंघ खडागरेको ७ दिनपछि धरान क्षेत्रसँग सम्बद्ध क्‍यान्माका सदस्यहरूले सामूहिक प्रेस विज्ञप्ति जारी गरी संगठनबाट बाहिरिएकाे घाेषणा गरेका थिए ।

विभिन्न समयमा विभिन्न शीर्षकमा आयोजना हुने राखी मेला, ठुलो परिमाणमा छुटको नाममा पुराना वस्तु बिक्री हुने, चाउमिन र मोमो मात्रै राखेर आयोजना हुने खाद्य महोत्सव, औजार माग्नेहरुको कृषि प्रदर्शनी र सामाजिक प्रचार प्रसार गर्ने पर्वहरु, पर्यटन प्रवद्र्धनको नाममा विकृतिले लामो समयदेखि उपभोक्तालाई भ्रममा पार्दै आएको स्थानीयकाे गुनासाे छ। यस्ता मेला, पर्व, प्रदर्शनीलाई स्थानीय सरकारले नियमन गर्न आवश्यक देखिन्छ ।