मनोरञ्जन

चलचित्र ‘साम्राज्य’ निर्माणको घोषणा, भारतीय नायकको मुख्य भूमिका रहने 

By खबरहब

March 22, 2024

काठमाडौं– चलचित्र ‘साम्राज्य’ निर्माणको घोषणा गरिएको छ । निर्माण पक्षले शुक्रबार ठमेलमा पत्रकार सम्मेलन गरी निर्माणको घोषणा गरिएको छ ।

निर्माणले पक्षले भारतीय र नेपाली कलाकारलाई लिएर फिल्म निर्माण गर्ने बताएको छ । फिल्मको मुख्य भूमिकामा भोजपुरी नायक कुन्दन भारद्वाज र नेपाली नायिका अनुजा लोप्चा रहने भएका छन् । त्यस्तै, प्रशान्त ताम्राकार खलपात्रमा देखिने भएका छन् ।

फिल्मका निर्देशक बाबुसायब बलामीका अनुसार फिल्म हिन्दी र नेपाली भाषामा प्रदर्शन गर्ने योजनामा निर्माण पक्ष रहेको छ । उनले भने, ‘दुवै भाषामा प्रदर्शन मात्र होइन कालकार पनि भारतीय र नेपाली बराबर राख्ने योजना रहेको छ ।’

कुन्दन र अनुजाले फिल्म ‘देववाणी’मा सहकार्य गरिसकेका छन् । सो फिल्म भारत र नेपालमा एकसाथ प्रदर्शनमा आउँदै छ ।

अनुजा इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने यस फिल्मको निर्माता हिराबहादुर लेप्चा र पुर्णिमा लेप्चा रहेका छन् ।

जेठ २५ गतेबाट छायांकनमा निस्कने निर्माण पक्षको योजना रहेको छ ।

 

तस्बिर : चिरायु शाक्य