फोटो फिचर

विश्व पानी दिवस : काठमाडौंका नदीमा कहिले देख्न पाउने सफा पानी ?  

By खबरहब

March 22, 2024

काठमाडौं– मानवको जीवन पानीमै भर परेको हुन्छ । विश्वमा मानव इतिहास पनि खोला नदीको किनार बाटै सुरु भएको पाइन्छ ।

जनसंख्या वृद्धि, औद्योगिकीकरण, सहरहरूको बस्ती विकासले पानी तथा जलस्तरहरुमा असर गरिरहेको छ ।

काठमाडौं उपत्यका भएर बग्ने सबै खोला, नदीहरू नभई ढल, नाली जस्तो देखिन्छन् । बाह्रै महिना कालो, पहेँलो पानी बाहेक बगेको कहिल्यै देखिँदैन । उपत्यका भएर बग्ने मुख्य नदी बागमती , विष्णु मति , धोविखोला, टुकुचे लगायत मुहान बाट निस्केको केही बेरमै सफा पानी बाट कालो ढल बनेर बग्ने गर्दछ ।

उपत्यका भएर बग्ने नदी सफा देखिएको कथामा मात्र सीमित रहने भयो । बागमती, विष्णुमती, धोबी खोलामा मिसाइएको ढलको दीर्घकालीन व्यवस्थापन नहुँदा सम्म पानी कालो हैन, सफा निलो बग्छ भनेर अब आउने पुस्तालाई कसरी बुझाउन सकिएला ?

तस्बिरहरू :

तस्बिर : नेपाल फोटो लाइब्रेरी