राजनीति

प्रचण्ड ओलीको भेटमा समाजवादी मोर्चाबारे छलफल

By खबरहब

March 22, 2024

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।

प्रधानमन्त्री समेत रहेका प्रचण्ड र ओलीबीचको भेटमा समाजवादी मोर्चा गरेर जानेबारे छलफल भएको हो ।  सिंहदरबारमा जारी रहेको भेटमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको थियो ।

आज बिहान बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई पनि मोर्चामा सामेल गराउने निर्णय गरेको थियो । एमाले अध्यक्ष ओलीसँग छलफल गर्नका लागि प्रचण्डलाई जिम्मा दिएको थियो ।

प्रचण्ड निकट स्रोतका अनुसार विहृत समाजवादी मोर्चा गठन गरेर सत्ता गठबन्धनले सहकार्य गर्नेबारे व्यापक छलफल भएको छ । स्रोतले भन्यो, ‘यसबारे एमाले पनि तयार छ ।’

यता एमालेले पनि मोर्चाको छलफलका लागि केही बाटोहरू खुल्ला भएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीको भनाइ छ ।