राजनीति

लोसपाले निष्कासित गरेको खबरपछि राजेन्द्रले भने, ‘भूतपूर्व प्रेमीको के मतलब गर्नु’ 

By खबरहब

March 22, 2024

काठमाडौं– राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पाटीले निष्कासित गरेको सूचना पाएपछि आफूले नै पार्टी छाडेर हिँडेको कारण पार्टीबाट निष्कासित भएको भन्नु लाजमर्दो विषय भएको बताएका छन् ।

लोसपा अध्यक्ष महन्त ठाकुरले पार्टी बैठक सकिएपछि पार्टीभन्दा बाहिर गतिविधि गर्न थालेको भन्दै उनी राजेन्द्र स्वतः निष्कासित हुन पुगेको बताएका थिए ।

यसबारे महतोले खबरहबलाई भने, ‘जे भने पनि भूतपूर्व पार्टीको के मतलब गर्नु । भूतपूर्व प्रेमीको के मतलब र भन्या जस्तै हो । मैले त कहिले न कहिले भूतपूर्व बनाइसके मैले नै त्याग गरिसके ।’

महतले उनले फागुनको दोस्रो साताबाट नै लोसपा परित्याग गरेर राष्ट्रिय मुक्ति क्रान्ति अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् ।

दुई वर्षअघि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपा नेपालबाट अलग भएर महन्त ठाकुरसहितका नेतासँग मिलेर गठन गरेको लोसाबाट महतो अलग भएका थिए

‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेर अभियानमार्फत वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै उनले बहुल राष्ट्रिय राज्य स्थापनाको एजेन्डामा सहमत भएका जोसुकै यसमा जोडिन सक्ने बताइरहेका छन् ।

याे पनि …

नयाँ अभियानको घोषणा गर्दै राजेन्द्र महतोले छाडे लोसपा