सांकेतिक तस्बिर

देश/प्रदेश

लत्रिरहेको तारबाट करेन्ट लागेर एक महिला गम्भीर घाइते

By खबरहब

March 22, 2024

दार्चुला– दार्चुलामा एक महिला करेन्ट लागेर गम्भीर घाइते भएकी छन् ।

शैल्यशिखर नगरपालिका–१ बारीलकी ५५ वर्षीया कुमारी तितरा करेन्ट लागेर घाइते भएकी छन् । उनलाई बारीमा बाख्रा चराइरहेको बेला बिजुलीको पोलमा लत्रिरहेको तारबाट करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

घाइते कुमारीको अवस्था गम्भीर रहेको छ । उनलाई गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपश्चात् हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।