मनोरञ्जन

रामबाबुलाई आँचलको प्रश्न : पडकास्टको आग्रह सुनेर फिल्ममा लिनुभएको हो ?

By खबरहब

March 22, 2024

काठमाडौं– फिल्म ‘डिग्री माइला’को टेलर सार्वजनिक कार्यक्रममा नायिका आँचल शर्माले निर्देशक रामबाबु गुरुङलाई आफूलाई अनुबन्ध गर्नुको कारण सोधेकी छन् ।

कमलपोखरीमा शुक्रबार आयोजना गरिएको सो कार्यक्रममा आँचलले बोल्ने क्रममा रामबाबुसँग काम गर्ने तीव्र इच्छाको साथ पखाइमा बसेको पूरा भएको बताइन् । काम गर्ने इच्छाका कारण आफूलाई फिल्ममा लिन ‘पडकास्ट’बाटै आग्रह गरेको प्रशंगसमेत उनले सुनाइन् ।

आँचलले भनिन्, ‘मलाई रामबाबु दाईसँग काम गर्ने यति मन थियो । पडकास्टबाटै मलाई फिल्ममा लिनू भनेको थिएँ ।’

सोही आग्रह सुनेर आफूलाई फिल्ममा अनुबन्ध गरेको हुन सक्ने उनको आशंका थियो । त्यसपछि उनले छेउमै रहेका निर्देशक रामबाबुलाई सोधिन्, ‘त्यही पडकास्ट सुनेर त तपाईंले मलाई लिनु भएको त होइन नि ?’

रामबाबुले मुस्काउँदै टाउको हल्लाए । अर्थात् होइन भनेर संकेत गरे ।

दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म चैत ३० बाट प्रदर्शनमा आउँदै छ ।