देश/प्रदेश

तिला नदीमा १५ वर्षीय किशाेर बेपत्ता

By खबरहब

March 22, 2024

कालीकोट– कालीकोट जिल्लाको तिलागुफा नगरपालिका-६ स्थित तिला नदीमा एक किशोर बेपत्ता भएका छन् । विद्यालयबाट आयर तिला नदीमा माछालाई झरिउला हाल्न गएका अन्दाजी १५ वर्षीय गणेश साही नदीमा बेपता भएका हुन् ।

उनीसँगै नदीमा माछालाई झरिउला हाल्न गएका साथीका अनुसार ढुङगामा चिप्लिएर गणेश बेपत्ता भएका हुन् । चिप्लिएको ठाउँदेखि तलसम्म बचाउन गुहार गरिरहेका थिए । तर नदी निकै खोज परेकाले बेपता भएका हुन् ।

प्रहरी चौकी गाल्जेका गगन रावतले तिर्थ वहादुर साहीका छोरा बेपत्ता भएको र उनको खोजी भइरहेको बताए । नदीमा प्रहरी चौकी खल्ला र गाल्जेको टोली सहित स्थानीयले किशोरको खोजी गरिरहेका छन् । बेपत्ता किशोर कालिका माध्यमिक विद्यालय खल्लामा कक्षा ९ मा अध्ययनरत थिए ।