सांकेतिक तस्बिर

अपराध

लागूऔषध ब्राउन सुगरसहित एक पक्राउ

By खबरहब

March 22, 2024

बर्दिया– प्रहरीले लागूऔषध जस्तो देखिने खैरो धुलो पदार्थसहित एक जनालाई पक्राउ गरेको छ ।

उक्त पदार्थ सहित गुलरिया नगरपालिका–१ का करिब २१ वर्षिय गगन बहादुर कँडेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बिहीबार राति मधुवन नगरपालिका-९ गाउँ नम्बर १२ का विमला वलीको घरबाट रेडमी मोबाइल एक थानसहित ४ हजार नगद चोरी भएको जानकारी पाउन साथ प्रहरीले खोज तलास गर्दा कँडेलको घरबाट चोरी भएको मोबाइल, ५ सय ५० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ लगायत भारतीय सिम कार्डसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव डिएसपी तुल्सीराम अर्यालले जनाए ।

पक्राउ गरिएका कँडेलमाथि आवश्यक कारबाही भइरहेको उनले बताए ।