प्रतिकात्मक तस्वीर

देश/प्रदेश

नदीमा माछा मार्न गएका किशोर बेपत्ता

By खबरहब

March 22, 2024

कालीकोट – कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–६ मा तिला नदीमा माछा मार्न गएका किशोर बेपत्ता भएका छन् ।

तिलागुफा नगरपालिका–६ स्थित तिला नदीमा माछा मार्ने क्रममा सोही ठाउँका अन्दाजी १५ वर्षीय गणेश शाही नदीमा बेपत्ता भएका हुन् ।

उनीसँगै नदीमा माछा मार्न गएका साथीका अनुसार ढुङ्गामा चिप्लिएर गणेश बेपत्ता भएको खबर आएको तिलागुफा नगरपालिकाका प्रमुख शङ्कर उपाध्यायले बताए ।

“तीर्थबहादुर शाहीका छोरा बेपत्ता भएको, उनको प्रहरी र स्थानीयले खोजी गरिरहेका छन्”, उनले भने, “घटना आज दिउँसो २ बजेतिर भएको हो ।”

तिला नदीमा प्रहरी चौकी खल्ला र गाल्जेको टोली खटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । बेपत्ता किशोर कालिका माध्यामिक विद्यालय खल्लामा कक्षा–९ मा अध्ययनरत रहेको नगरप्रमुख उपाध्यायले जानकारी दिए ।