सांकेतिक तस्वीर ।

अपराध

चरेससहित दुई जना पक्राउ

By खबरहब

March 22, 2024

विरगंज – अवैध लागूऔषध चरेससहित प्रहरीले विरगंजबाट दुई जनालाई पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका–८ घण्टाघरस्थित नारायणी गेष्ट हाउसबाट अवैध लागूऔषध चरेस करिब १२ किलो २ सय ४० ग्रामसहित दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारत बिमान थाना जमुवजारी ग्राम डुमरा बस्ने २२ वर्षीय आरिफ रजा र अन्य एक जना रहेका छन् ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उक्त गेष्ट हाउस तलासी गर्दा उक्त चरेश फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।